११ भाद्र २०८२, बुधबार
Follow Us

एनआरएनए यूकेको निर्वाचन कार्यतालिका प्रकाशन, १५ र १६ जुलाईमा उम्मेदवारी दर्ता

नेपालब्रिटेन डट कम्
२६ असार २०७८, शनिबार २२:३६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरिएको छ ।

एनआरएनए यूकेको निर्वाचन समितिका संयोजक महेन्द्र कंडेलका अनुसार भोलि आइतवार पहिलो नामावली प्रकाशन हुने छ भने उम्मेदवारी दर्ता १५ र १६ जुलाई सांझ ५ बजेभित्र गरि सक्ने गरि कार्यतालिका तय गरिएको छ ।

संघको नयां नेतृत्वको लागि निर्वाचन ३१ जुलाईमा हुने छ । निर्वाचनको परिणाम १ अगष्टमा आइपुग्ने बताएको छ ।

निर्वाचनका सम्पूर्ण प्रकृया अनलाइन मार्फत हुने निर्वाचन समितिले जनाएको छ ।

संघको नेतृत्वको लागि रोजीना प्रधान राई, दिपक श्रेष्ठ र प्रेम गाहामगरले उम्मेदवारी घोषणा गरेका छन् ।

धेरै पढिएको