२४ बैशाख २०८१, सोमबार
Follow Us

एनआरएनए बेल्जियमको सचिवमा राजु श्रीवास्तभको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
२७ असार २०७८, आईतवार १५:३२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको सचिवमा राजु श्रीवास्तभले उम्मेदवारी दिने भएका छन् ।
श्रीवास्तभले आइतवार एक विज्ञप्ति जारी गर्दै जुलाई २६ तारिख हुने निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

विगत १५ वर्ष देखि बेल्जियममा बसोबास गर्दै आएका श्रीवास्तभले गैरआवासीय नेपाली संघमा लागेको अनुभवको आधारमा आफु उम्मेदवारी दिने निचोडमा पुगेको बताएका छन् ।
आफ्नो उम्मेदवारी सहित ५ बुँद्धे प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् ।

यस्ता छन् उनका प्रतिबद्धता

१. संघमा शैशिक पक्ष बलियो बनाऊन ।
२. छात्रबृद्धिको ब्यवस्था गर्न ।
३. संघको आर्थिक पक्षलाई सबल बनाऊन ।
४. नेपालमा विभिन्न समयमा हुने प्राकृतिक प्रकोप तथा बिपदमा सहयोग गर्न ।
५. अप्रवासी नेपालीहरूको हकहितका लागी सक्रिय रहन ।