२१ बैशाख २०८१, शुक्रबार
Follow Us

गौरीराज जोशीद्धारा एनआरएनएको महासचिवमा उम्मेदवारी दिने घोषणा

नेपालब्रिटेन डट कम्
२७ असार २०७८, आईतवार २१:०८

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा अमेरिकाबाट गौरीराज जोशीले उम्मेदवारी दिने भएका छन्।

जोशीले आइतवार अमेरिकाबाट संचालित डिसी नेपाल डट कमलाई अन्तरवार्ता दिनेक्रममा आगामी अक्टोवरमा हुने संघको महाअधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले गैरआवासीय नेपाली संघको अभियान थप योगदान दिने उदेश्यले आगामी महाअधिवेशनमा महासचिवमा उम्मेदवारी दिन लागेको बताए ।

संघको सचिव समेत रहेका जोशीले संस्थालाई थप गतिशील बनाउन भन्दै महासचिवमा पदमा उम्मेदवारी घोषणा गरेका हुन्। उनले अमेरिका क्षेत्रीय संयोजकको समेत जिम्मेवारी सफता पूर्वक पुरा गरेका छन् ।

सफल व्यवसायीको रूपमा समेत आफ्नो पहिचान बनाएका जोशी निकै सरल र भद्र व्यक्तिको रुपमा गैरआवासीय नेपालीहरुबीच चर्चित छन् ।

सोही कार्यक्रममा संघको गत निर्वाचनमा उपाअध्यक्ष पदमा पराजित डा. केशव पौडेलले महासचिव पदमा रहेर काम गर्ने इच्छा रहेको बताए । उनले साथीहरुसंग छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।