१२ भाद्र २०८२, बिहीबार
Follow Us

एनआरएनए यूके निर्वाचनः उम्मेदवारको पहिलो लिस्ट सार्वजनिक (नामावली सहित)

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७८, मंगलवार १२:२५

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके को यही जुलाई ३१ मा हुने निर्वाचनको लागि पहिलो नामावली प्रकाशन भएको छ ।

निर्वाचन समितिको मंगलवार दिउंसो सार्वजनिक गरेको नामावली अनुसार ३४ पदमा कुल ६२ जनाको उम्मेद्वारी परेको छ ।

अध्यक्ष पदका लागि दीपक श्रेष्ठ, रोजिना प्रधान राई र प्रेम गाहामगरले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि यसअघि नै चर्चामा आएका गाहा, रोजिना र श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन् ।

निर्वाचन समितिका श्रोतका अनुसार, सोमबार ८ बजेसम्म दिइएको समयसीमाभित्र उपाध्यक्षमा दुई पदका लागि ५ जना पवन शर्मा, सुनिलबाबु खड्का, तेजेन्द्र रोकामगर, गोविन्द खरेल र अमन गौचनले उम्मेदवारी दिएका छन् । ७ जना आइसीसी सदस्यको लागि ९ जनाको उम्मेदवारी दिएका छन् । उम्मेदवारमाथि दावीविरोध २१ तारिख दिउंसो १ बजे सम्म गर्न सकिने निर्वाचन समितिले जनाएको छ ।

धेरै पढिएको