२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए मलेसियाको अध्यक्षमा विनोद थापा निर्विरोध

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७८, बिहीबार ०४:००

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) मलेसियामा विनोद बहादुर थापाको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन भएको छ । सन २०२१ देखि २०२३ सम्मको कार्यकालका लागी उपाध्यक्ष र आइसीसी सदस्यवाहेक सबै पद निर्विरोध चयन भएको हो ।

संघको उपाध्यक्ष र आइसीसी सदस्यबाहेक सबै पद निर्विरोध चयन भएको छ । महासचिवमा रन्जित कुमार क्षेत्री, सचिवमा रोशन सुब्बा, नारायण अधिकारी, कोषाध्यक्षमा कृष्ण नेपाल र युवा संयोजकमा अरुण गिरि तथा सदस्यमा बिरेन्द्र कार्की, बिष्णुप्रसाद बराल, सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ, टेकबहादुर अधिकारी, पासाङ लामा निर्विरोध चयन भएका छन् ।

आईसिसि सदस्यहरु तथा उपाध्यक्षमा पनि सहमतिको प्रसास भैरहेको एशिया प्याशिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले जनाएका छन् । नयाँ नेतृत्व छनौटका लागि जुलाई २५, तारिखका दिन अधिवेशन सम्पन्न गर्ने जनाइएको छ । मलेसियामा हाल ५२ सय ५९ जना पन्जीकृत सदस्यहरु रहेका छन ।