२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए आयरल्याण्डमा कार्की निर्विरोध

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७८, शुक्रबार २०:०६

आयरल्याड । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) आयरल्याण्डमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ।

संघको आगामी कार्यकालको बिनोद कार्कीको नेतृत्वमा कार्यसमिति नै निर्विरोध चयन भएको हो।

कार्यसमितिको उपाध्यक्षमा ओम अधिकारी, सुमन गुरुङ, महिला उपाध्यक्षमा सिर्जना गोले तामाङ, महासचिवमा रवी बोगटी, सचिवमा प्रकाश लामा, कोषाध्यक्षमा पुस्कर बोमञ्जन र सहकोषाध्यक्षमा निशान्त शर्मा चयन भएका छन्।

यस्तै महिला संयोजकमा करुणा थापा र युवा संयोजकमा विजय कुमार बुढाथोकी निर्वाचित भएका छन्।

यसैगरी निर्वाचित कार्यसमिति सदस्यहरुमा सन्तोष शर्मा, दलाराम तामाङ, यमबहादुर उप्रेती, सुनीता बलामी, चिन्तामणी सापकोटा र कृष्ण जिसी रहेका छन्।

यस्तै आइसीसी सदस्यको जिम्मेवारी जंग बहादुर अधिकारीले पाएका छन्।

संघको अधिवेशन २६ जुलाइमा हुँदैछ । अधिवेशनपछि मात्रै नयाँ समितिले कार्यभार सम्हाल्नेछ।