२१ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतबाट १११ जना एनआरएनए केन्द्रीय प्रतिनिधी छानिए (नामावली सहित)

नेपालब्रिटेन डट कम्
९ श्रावण २०७८, शनिबार १०:५०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवरमा हुने १० औं महाधिवेशनको लागि बेलायतबाट पहिलो चरणका प्रतिनिधीहरु छानिएका छन् ।

गैरआवासीय नेपाली संघ यूकेका अनुसार संघको विधान अनुरुप पूर्वपदाधिकारी मध्ये ११४ बाट १११ जना केन्द्रीय प्रतिनिधीको नाम टुंगो लागेको हो । बांकी ३ जना निर्वाचनबाट चुनिने भएका छन् ।

केन्द्रीय प्रतिनिधीका लागि १८८ जनाको २५ प्रतिशत अर्थात ४८ जनाको निर्वाचन आगामी जुलाई ३१ तारिख हुने भएको छ । ४८ जना प्रतिनिधीको लागि १३७ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।