१९ कार्तिक २०८२, बुधबार
Follow Us

गोरखा सैनिकको न्यायका लागि तत्काल ब्रिटिस सरकारसँग वार्ता गर्न सांसद् डा.डिलाको माग

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०७८, शुक्रबार ०८:२०

काठमाडौं । नेपाली कांग्रेसकी सांसद् डा.डिला संग्रौलाले गोरखा सैनिकहरुको न्यायका लागि तत्काल ब्रिटिस सरकारलाई दवाव दिन सरकारलाई आग्रह गरेकी छन् । शुक्रबार संसद्को शून्य समयमा बोल्दै सांसद् संग्रौलाले तत्काल कुटनीतिक माध्यमद्वारा ब्रिटिस सरकारसँग सम्पर्क गरी समिति गठन गर्न र वार्ताको मिति तोक्न आग्रह गरेकी हुन् ।

“संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरु अहिले आफ्नै लागि न्याय माग्दै गएको शनिबारदेखि ब्रिटिस प्रधानमन्त्री कार्यालय नजिकै लन्डनमा आमरण अनशन बसिरहेका छन् । उनीहरुको जीवनरक्षा गर्नु नेपाल सरकारको कर्तव्य हो । त्यसैले म नेपाल सरकारलाई तत्काल कूटनीतिक माध्यमबाट ब्रिटिस सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गर्न, वार्ताको मिति र स्थान तोक्न पहल गर्न आग्रह गर्दछु,” उनले भनिन् ।

२१ जुलाईदेखि भूपू गोरखा सैनिहरुले समान अधिकारको मागसहित ब्रिटिस प्रधानमन्त्री कार्यालय अगाडि धर्ना दिइरहेका छन् ।

धेरै पढिएको