२४ बैशाख २०८१, सोमबार
Follow Us

लण्डन दूतावासलाई पत्रकार महासंघको पत्र, आधिकारिक समिति अर्यालकै हो

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७८, शुक्रबार २०:३५

लण्डन । नेपाल पत्रकार महासंघले लण्डनस्थित नेपाली दूतावासलाई एक पत्र लेख्दै शाखाको आधिकारिक अध्यक्ष ध्रुवराज अर्याल रहेको प्रष्ट पारेको छ ।
नेपाल पत्रकार महासंघ यूके शाखाको नाममा केही समूहले बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीसंग आफ्नो समूह आधिकारिक भएको दावी गर्दै अनावश्यक दवाद दिए पछि महासंघले सिधै दूतावासलाई पत्र लेखेर सो जानकारी दिएको हो ।

महासंघको तर्फबाट महासचिव रोसन पुरीद्धारा जारी पत्रमा ‘नेपाल पत्रकार महासंघको नेपाल लगायत विदेशमा समेत शाखा गठन भई महासंघको विधानबमोजिम सांगठनिक गतिविधिहरु संचालन हुँदै आइरहेको छ । सोही क्रममा २०७८ जेठ ३० (जुन १३, २०२१) मा महासंघ बेलायत शाखाको अधिवेशन सम्पन्न भई ध्रुवराज अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको जानकारी गराउँदछु । र , सोही कार्यसमिति महासंघको आधिकारिक कार्यसमिति रहेको ब्यहोरा अनुरोध गर्दछु’ उल्लेख छ ।