२६ पुष २०८२, शनिबार
Follow Us

मन्त्री बन्नेहरूको नाम आजै टुंगो लगाउने तयारी

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०७८, मंगलवार ०६:०७

काठमाडौं । सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठक आज पनि बसेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भर्खरै बैठक सुरु भएको हो । बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता, मन्त्रालय भागबन्डालगायत विषयमा छलफल हुने बताइएको छ । आज मन्त्रालयको भागबन्डा टुंग्याउने सत्तारूढ दलहरूको तयारी छ ।

सोमबार बिहान बालुवाटारमै बसेको सत्तारूढ दलका शीर्ष नेताको बैठकमा मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने सहमति भएको बताइएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ४० दिनसम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको भन्दै आलोचना भइरहेको छ ।

शीर्ष नेताहरुको आजको बैठकले सहमति जुटाएर मन्त्री बन्नेहरूको नाम टुंगो लगाउने र भोलि मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको जनाइएको छ ।

धेरै पढिएको