२४ पुष २०८२, बिहीबार
Follow Us

प्रदेश १ का मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वास प्रस्तावको तयारी

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०७८, शुक्रबार ०५:५०

काठमाडौं । १ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने भएको छ । त्यसका लागि विपक्षी दलहरुले तयारी गरिरहेको छ । नेकपा एमाले विभाजन गरी माधव नेपालले नेकपा एकीकृत समाजवादी दर्ता गरेपछि प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा छ ।

एमाले अल्पमतमा परेसँगै पाँच दलीय गठबन्धन सरकार परिवर्तनका लागि आवश्यक गृहकार्यमा जुटेका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, संघीय लोकतान्त्रिक मञ्च मिलेर नयाँ सरकार गठन गर्ने तयारीमा छन् ।

प्रदेशसभामा कुल ९३ सांसद छन् । जसका आधारमा बहुमतका लागि कम्तीमा ४६ सांसद आवश्यक पर्छ । प्रदेशसभामा काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादी पार्टीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना गरी जम्मा ५० सांसद हुन्छन् ।

धेरै पढिएको