ताजा खबर

दर्जन सिडिओको सरुवा

काठमाडौँ । सरकारले दर्जन जति प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृह मन्त्रालयले बुधवार(आज) मन्त्रालयलगायत विभिन्न जिल्लाका प्रजिअहरुको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार गृह मन्त्रालयका वरिष्ठ सहसचिव घनश्याम उपाध्यायलाई ललितपुर जिल्ला प्रशासन कार्यालयको प्रजिअमा सरुवा गरेको छ । यसैगरी सरुवा हुने अन्य प्रजिअहरुमा रुद्रा शर्मा भक्तपुर, पुण्यविक्रम पौडेल गुल्मी, सङ्करहरि आचार्य गोरखा, काशीराज दाहाल मोरङ, कोषहरि निरौला गृह मन्त्रालय, दीपककुमार पहाडी रामेछाप, नूरहरि खतिवडा सङ्खुवासभा, टेक नारायण पौडेल गृह मन्त्रालयमा सरुवा भएको छ।

यसैगरी टेकराज निरौला दोलखा, वासुदेव घिमिरे दोलखा, ढुण्डिप्रसाद निरौला गृह मन्त्रालय, आस्मान तामाङ चितवन, कृष्ण प्रसाद लम्साल धादिङ, वीरेन्द्र यादव उदयपुर र ऋषिराम तिवारी रुपन्देही सरुवा गरेको छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता