६ आश्विन २०८२, सोमबार
Follow Us

अमेरिकामा नेपाली व्यवसायीकाे हत्या

नेपालब्रिटेन डट कम्
२ कार्तिक २०७८, मंगलवार २३:०३

बोस्टन । अमेरिकाको बोस्टन शहर नजिक आफ्नै व्यबसाय गरेर बसेका एकजना नेपाली व्यवसायीको गोली हानी हत्या भएको छ । लालकिशोर महासेठ नाम गरेका ती व्यवसायी म्यासाचुसेटको बोस्टन शहरबाट करिव डेड घण्टा टाढा फल रिभर सिटी, रक स्ट्रीटमा “स्टप एन्ड सेभ” नाम गरेको खुद्रा पसल संचालन गर्दै आएका थिए । आफ्नै पसलमा काम गर्दै गरेको अवस्थामा लाल किशोर महासेठको आइतवार राति गोली हानी हत्या गरिएको हो । उनलाई कसले र किन हत्या गर्यो भन्ने कुरा हालसम्म स्पष्ट भएको छैन ।

घटनाविवरणअनुसार, सांझ ८ः५० बजेसम्म उनी आफ्नी पत्नीसंग कुरा गरिरहेकै थिए । उनी सांझ ९ बजे पसल बन्द गरेर घर आउनु पर्ने थियो तर श्रीमान ११ बजे सम्म घर नपुगेपछि श्रीमति र परिवारले सोधी खोजी शुरु गरेको थियो । उनीमाथि गोली प्रहार कति बजे र कसरी भयो भन्ने कुरा स्पष्ट नभए पनि करिव साढे १० बजे कसैले ९११ मा कल गरिदिएको कारण त्यहाँ प्रहरी आइपुगेको र सवा ११ बजे लाल किशोरलाई मृतक घोषणा गरिएको स्रोतले जनाएको छ ।

५४ बर्षिय महासेठको नेपाल घर जनकपुर रहेको जनकारीमा आएको छ भने उनी मधेसी एसोसिएसन इन अमेरिका (न्यू इङ्लेन्ड च्याप्टर) का पूर्वअध्यक्ष समेत रहेको बताइएको छ ।

धेरै पढिएको