१ आश्विन २०८२, बुधबार
Follow Us

एनआरएनए महिला उपाध्यक्षमा यसमिन बेगम सैयदको उम्मेदवारी दर्ता

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७८, मंगलवार ०८:३६

लण्डन । गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनको लागि यसमिन बेगम सैयदले महिला उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेकी छन् ।
उनले मंगलवार संघको निर्वाचन समिति समक्ष आफ्नो उम्मेदवारी दाखिला गरेकी हुन् । संघको निर्वाचन मार्च २४ र २५ तारिख अनलाइन मार्फत हुदैछ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्षकी उमेद्वार यासमिन बेगम सैयद सन् २००७ देखि साउदी अरबबाट संघको अभियानमा संलग्न हुनुहुन्छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बिभिन्न क्षेत्रमा राहत तथा उद्धारमा क्रियाशिल सैयद गैरआवासीय नेपाली संघको विधान संसोधन समितिको सदस्य समेत हुनुहुन्छ ।

उहाँले साउदी अरबस्थित बिभिन्न संघसंस्थाहरुको प्रमुख सल्लाहकारको समेत रहेर काम गरिसक्नु भएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर सैयद गैरआवासीय नेपाली संघ अन्तरर्गत स्वास्थ्य समितिको मध्यपूर्ण उपसंयोजक समेत हुनुहुन्छ ।

धेरै पढिएको