३ आश्विन २०८२, शुक्रबार
Follow Us

एनआरएनए महिला सहकोषाध्यक्षमा अमेरिकाबाट भट्टराईको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
२६ फाल्गुन २०७८, बिहीबार १६:२३

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्षमा अमेरिका निवासी यमुना भट्टराईले उम्मेदवारी दिएकी छिन्।

संघको आगामी कार्यकालका लागि भट्टराईले सहकोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी हुन्।

लामो समयदेखि एनआरनएन अभियानमा क्रियाशील भट्टराईले एक असल समाजसेवीको छवी बनाएकी छिन्

अमेरिकाको टेक्सास निवासी यमुना एक सफल व्यवसायी समेत हुन्।

भट्टराईले संघमा आर्थिक अनुशासन, पारदर्शिता र नियमित श्रोत विकासको लागि आफ्नो उम्मेदवारी रहेको बताइन्।

संघको नेतृत्व तहमा महिलाको सहभागिता बढाउनु पर्ने उनको विशेष जोड छ। नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि आफ्नो प्रयास रहने भट्टराईले बताइन्।

को हुनु यमुना भट्टराई

लामो समयदेखि सामाजिक, आर्थिक र राजनीति मुद्दामा सक्रिय भूमिका निर्वाह गरेकै कारण अमेरिकास्थित नेपाली समुदायका लागि सुपरिचित नाम हो, यमुना भट्टराई । देशबाट बाहिर रहेका नेपाली महिला दिदिबहिनीले भोग्नु परिरहेका समस्या र त्यसको समाधानका लागि उहाँले आवाज बुलन्द गर्दै आउनुभएको छ । भट्टराई अमेरिकाका स्थानीय तथा केन्द्रीय तहका सामाजिक संघ संस्थाहरूमा समेत सक्रिय हुनुहुन्छ ।
आफ्नो जन्मभूमि छाडेर परदेश पुगेका महिलाले अवसर र परिस्थितिको सदुपयोग गर्दै प्रगति गर्न सक्छन् र आफ्नो बेग्लै पहिचान पनि बनाउन सक्छन् भन्ने कुरालाई उहाँले सावित गर्नुभएको छ ।
विदेशमा रहेका नेपाली महिलालाई सफल र सक्षम बनाउनका लागि नेतृत्वदायी भूमिकाका लागि आफूले क्षेत्रीय महिला सह–कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेको उहाँले बताउनुहुन्छ ।

धेरै पढिएको