ताजा खबर

एआईजी पोखरेलको विदा अस्वीकृत

काठमाडौँ । आइजिपी बढुवामा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मागेको १० दिन विदा अस्वीकृत भएको छ । सरकारले एआईजी धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आइजिपी) मा बढुवा गरे लगत्तै पोखरेल एक महिनाका लागि विदा बसेका थिए ।

उनले लिएको विदा मङ्गलवार सकिएको छ । तर पोखरेलले बुधवार सहयोगीमार्फत पुनः १० दिन विदा माग गर्दै निवेदन दिएका थिए । प्रहरी महानिरीक्षक सिंहले उनको विदा अस्वीकृत गरेका हुन् । बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप आउने समय भएकाले विषम परिस्थितिलाई मध्यनजर गर्दै विदा अस्वीकृत गरिएको हो ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता