ताजा खबर
बन्चरेडाँडामा स्थानीयले ढुंगामुढा गर्दा तीन जना प्रहरी घाइते
काठमाडौँ । सुरक्षाकर्मीसहित बन्चरेडाँडा पुगेको फोहोर बोकेका गाडी फिर्ता आउने भएको छ । स्थानीयले फोहोर फाल्न नदिएपछि गाडीहरू काठमाडौँ फर्किन थालेको प्रहरीले जनाएको छ।
स्थानीयहरूले फोहोर बोकेको गाडीमाथि तोडफोड गर्न थालेपछि प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको थियो। स्थानीयबासीहरुले डाँडाबाट ढुंगामुढा गर्दा तीन प्रहरीसमेत घाइते भएका छन् । बन्चरे डाँडामा अहिले पनि दुई सय प्रहरी परिचाल गरिएको छ।

