ताजा खबर

समाचार संकलनमा मेयर बालेन साहकाे अवरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र समाचार संकलनमा अवरोध गरेका छन् ।महानगरको वातावरण विभागमा रिपोर्टिङका क्रममा पुगेका मिश्रलाई मेयर बालेन्द्र साहले सूचना संकलनमा अवरोध पुर्‍याएको सो टिभीका पत्रकार जगन्नाथ दुलालले बताए । मेयर शाहले सो टेलिभिजनको गाडी हटाउने तथा खिचिएको दृश्यसमेत मेटाउन लगाएको घटनाप्रति सो टेलिभिजनले खेद व्यक्त गरेको छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता