ताजा खबर

हैजा रोकथामबारे एनआरएनएको सुझावः व्यक्तिगत सरसफाइ र स्वच्छ वातावरणमा विशेष ध्यान दिऔं

लण्डन ।  गैरआवासिय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले हैजाबाट जोगिन व्यक्तिगत सरसफाइ र स्वच्छ वातावरणमा ध्यान दिन आग्रह गरेको छ । पछिल्लो केही दिनयता नेपालको राजधानी काठमाडौंसहित विभिन्न ठाउँमा देखा परेको हैजा संक्रमणबारे आपत्कालिन बुलेटिन प्रकाशित गर्दै स्वास्थ्य समितिले यस्तो आग्रह गरेको हो । डाक्टरहरु सञ्जीव सापकोटा, सागर पौडेल, प्रभात अधिकारी, प्रकाश श्रेष्ठ र शिवप्रसाद श्रेष्ठको परामर्शमा तयार पारिएको स्वस्थ्य बुलेटिनमा हैजा अति संक्रामक झाडापखला भएको उल्लेख छ । 

संक्रामक व्यक्तिको दिशाबाट बाहरी वातावरण हुँदै खाना र पानीको माध्यमबाट स्वस्थ मानिसम रोग सर्ने भन्दै चिकित्सकहरुले व्यक्तिगत सरसफाइ र स्वच्छ वातावरण राख्न सबैले काम गर्नु पर्ने औंल्याएका छन् । ‘हैजा भिब्रियो कोलेरा प्रजातीको जिवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखला रोग हो,’ चिकित्सकहरुले भनेका छन्, ‘यो रोग समित व्यक्तिबाट दिसाको बाहिर वातावरणमा पुग्दछ र स्वस्थ व्यक्तिमा दूधित खाना वा पानीको माध्यमबाट फैलिन्छ ।’

रोग संक्रमण पछि लक्षणका रुपमा फतलो चौलानी पानी जस्तो दिसा देखिने,  वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने, पेट दुख्ने, ज्वरो आउने र असाध्यै तिर्खा लाग्ने हुने चिकित्सकहरुले बताएका छन् । आँखा गाडिनु, मुख जिब्रो, घाटी र छाला सुख्खा भए कडा जलविजोजन भएको लक्षण हुने पनि बुलेटिनमा उल्लेख छ । यस्तै पिसाब पहेलो हुनु र पिसाब कम मात्रामा हुनु र मुटुको धड्कन अनियन्त्रित हुनुलाई पनि कडा जलविजोजनको लक्षण मानिने उल्लेख छ । 

रोग संक्रमण नियन्त्रणका लागि व्यक्ति र समुदायबाटै काम गरिनु पर्ने भन्दै समितिको बुलेटिनमा वातावरणको बाहिरी सरसफाईमा विशेष ध्यान दिन आग्रह गरिएको छ । शौचालयमा मात्रै दिशा पिसा गर्न, शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्न,  दिसा र पिसाव पछि राम्रोसंग मिचिमिचि साबुन पानीले हात धुन, खाना बानाउनु अघि साबुन पानीले हात धुन, पानी सधैं उमालेर, क्लेरिन झोल हालेर र विलल्टर गरेर मात्रै खान पनि समितिले आम मानिसलाई सुझाएको छ ।

होटल तथा रेष्टुराँमा प्रयोग हुने पानीमा संक्रहमण हुन सक्ने भन्दै त्यसको सरसफाइमा विशेष ध्यान दिन पनि समितिले सुझाएको छ । बासी, काँचो, सडेगलेको तथा झिंगा भन्केको खोनकेरा नखान पनि समितिले विशेष अनुरोध गरेको छ ।

हैंजा नियन्त्रणका लागि व्यक्तिगत प्रयासका बाबजुत खोप अर्को प्रभावकारी उपाय भएको भन्दै खोपको दुवै मात्रा सुनिश्चितताका लागि पनि चिकित्सकहरुले अनुरोध गरेका छन् । 

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्