३ कार्तिक २०८३, सोमबार
Follow Us

श्री एयरलाइन्सको विमान आपतकालिन अवतरण

नेपालब्रिटेन संवाददाता
१९ श्रावण २०७९, बिहीबार ०६:१०

काठमाडौं । इन्जिनमा धूँवा आएपछि श्री एयरलाइन्सको विमान नेपालगन्जमा आपतकालिन अवतरण गरिएको छ ।

स्टेशन इञ्चार्ज पर्शुराम चौधरीका अनुसार श्री एयरलाइन्सको ९ एन-एएनएफ जहाज बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगन्जबाट काठमाडौंका लागि उडेको विमानमा सात मिनेटमै समस्या आएको थियो । ‘सामान्य प्राविधिक समस्या हो,’ उहाँले नेपालटीभी अनलाइनसँग भन्नुभयो, ‘अहिले ठीक भइसकेको छ ।’

जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रारत थिए ।

धेरै पढिएको