३ कार्तिक २०८३, सोमबार
Follow Us

पुरानो गाडीमा आगो लगाएर बिमा रकम असुल्ने योजना

नेपालब्रिटेन संवाददाता
७ भाद्र २०७९, मंगलवार ११:४९

दाङ । बिमा रकम असुल्न दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन । चालक आफैंले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको छ । विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका पारी बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको गौतमले जानकारी दिए ।

घोराही लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा उनिहरुले आगो लगाएका थिए ।

धेरै पढिएको