बैंकक । गैरआवासीय नेपाली संघकी अध्यक्ष रबिना थापाले गैरआवासीय नेपाली संघमा बिलाप नभइ मिलाप हुनुपर्ने बताएकी छन् । एनआरएनको एसिया क्षेत्रीय सम्मेलनको उद्घाटन क्रममा बोल्दै थापाले एकताको सन्देश दिन मिलाप सम्मेलन गरिएको बताइन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अनिवार्य पेन्सनको ब्यबस्था गर्नुपर्ने बताए । सामाजिक सुरक्षा कार्यक्रममा जोडिएर उनिहरुको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने बताइन् । यसका साथै स्वास्थ बिमा पनि अनिवार्य लागू गर्नुपर्ने उनको भनाइ छ । बिदेशबाट फर्केका नेपालीलाई स्वदेशमा उधमशिलतामा जोड्नुपर्ने उनले बताइन् ।
गैर आवासीय अभियान लगायत हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व कम भएकाले महिलाको सकृय सहभागिता बढाउन जोड दिनुपर्ने बताइन् ।