१ बैशाख २०८३, मंगलवार
Follow Us

गठबन्धन बैठकमा सिट बाँडफाँटबारे गहन छलफल

नेपालब्रिटेन संवाददाता
१६ भाद्र २०७९, बिहीबार ०५:२३

काठमाडौं । पाँच दलीय सत्तागठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा गहन छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा गठबन्धनको कार्यदलसहित बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभयो । साथै बैठक आज बिहान ११ बजे पुनः बस्ने सहमति भएको उहाँले बताउनुभयो ।

यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए । सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ ।

धेरै पढिएको