२ कार्तिक २०८३, आईतवार
Follow Us

बेलायत पठाइदिन्छु भन्दै १३ लाख ठगी गर्ने पक्राउ

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०७९, शुक्रबार ०५:५४

काठमाडौँ । प्रहरीले बेलायत पठाइदिन्छु भनी १३ लाख ४६ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बेलायत पठाइदिन्छु भनी ठगी गर्ने सोलुखुम्बु दूधकोसी गाउँपालिका-२ घर भई कागेश्वर मनोहरा नगरपालिका काँडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने कार्कीले केही व्यक्तिलाई ‘वर्किङ भिसा’मा बेलायतलगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै पीडितबाट नगद रु १३ लाख ४६ हजार लिएर सम्पर्कविहीन भएपछि प्रहरीले खोजी गर्ने क्रममा आज काठमाडौँ महानगरपालिका-४ धुम्बाराहीबाट पक्राउ गरेको हो ।

पक्राउ उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सो कार्यालयले जनाएको छ ।

धेरै पढिएको