३० फाल्गुन २०८२, शनिबार
Follow Us

प्याराग्लाइडिङ दुर्घटनामा सेनाका खेलाडीको मृत्यु

नेपालब्रिटेन संवाददाता
३० आश्विन २०७९, आईतवार ०९:२६

पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङमा भाग लिएका सेनाका खेलाडीको दुर्घटनामा मृत्यु भएको छ । क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको बेला ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ अनियन्त्रित भइ दुर्घटना हुँदा नेपाल त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।

प्याग्लाइडिङ उडेको पाँच मिनेटमै सय मिटर माथिबाट खसेको थियो । दुर्घटनापछि मेट्रोसिटी अस्पताल पुर्‍याएलगत्तै उहाँलाई मृत घोषणा गरिएको थियो । खेलाडीको मृत्यु भएपछि प्याराग्लाइडिङ खेल स्थगित भएको छ ।

धेरै पढिएको