३० फाल्गुन २०८२, शनिबार
Follow Us

सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

नेपालब्रिटेन संवाददाता
२ कार्तिक २०७९, बुधबार १०:०४

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।

जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीपलाई थप चार दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । गत असोज २० गतेदेखि महानगरी प्रहरी वृत्त गौशालामा रहेका उनलाई अदालतले तेस्रोपटक म्याद थप गरेको हो ।

एक नाबालिकालाई बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध गत २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो ।

धेरै पढिएको