लण्डन् । पूर्वप्रधानमन्त्री केपी ओली शुक्रवार एक नाइट क्लबमा पुगेका छन् ।
काठमाडौंको ठमेलमा रहेको एलओडी (लर्ड अफ द ड्रिङ्स) क्लबमा पुगेर ओलीले रात्री जीवनको मजा लिए । एलओडू संसारकै ५२ औँ उत्कृष्ट क्लब घोषित भएको थियो ।
डिजे म्यागले छानेको सन् २०२२ को उत्कृष्ट १ सय क्लबमध्ये एलओडी ५२औँ नम्बरमा परेको हो । सात वर्षअघि खुलेको यो क्लबमा ५ हजार मानिस अटाउन सक्ने क्षमता छ ।
२०७० सालमा १२ करोड लगानीमा खुलेको यो क्लबको लगानी हाल २५ करोड पुगिसकेको क्लबका सीईओ रविन श्रेष्ठले जानकारी दिए । क्लबमा भारतीय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी, पूर्वराजा ज्ञानेन्द्र शाहलगायतको फोटो पनि सार्वजनिक भएको थियो ।