२१ फाल्गुन २०८२, बिहीबार
Follow Us

मापसे गरेर मतदान केन्द्र पुगेका अधिकृत प्रहरी नियन्त्रणमा

नेपालब्रिटेन संवाददाता
१ मंसिर २०७९, बिहीबार १४:०४

काठमाडौँ । पश्चिम नवलपरासीमा मादक पदार्थ सेवन गरी आचरणविपरीत काम गर्ने एक मतदान अधिकृतलाई प्रशासनले प्रहरीको जिम्मा लगाएको छ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ११ स्थित वाक्वाणी मावि मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत पृथ्वीराज चौधरीले मापसे गरी मतदान केन्द्रमा आचार विपरीत कार्य गरेकोले जिम्मेवारीबाट मुक्त गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।

चौधरी पाल्ही नन्दन गाउँपालिकाको पशु शाखामा कार्यरत अधिकृत हुन्। पोखरेलका अनुसार उनको ठाउँमा वैकल्पिक मतदान अधिकृत खटाइएको छ भने उनलाई अनुसन्धान गरी आवश्यक कारबाहीको लागि प्रहरीको नियन्त्रणमा राखिएको छ।

धेरै पढिएको