१५ भाद्र २०८३, सोमबार
Follow Us

डोटीमा वडाध्यक्ष जोशीको निधन

नेपालब्रिटेन संवाददाता
१५ मंसिर २०७९, बिहीबार ०४:३१

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गएराति निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो ।

बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढलेको पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए ।

उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । उनको हृदयघातकै कारण निधन भएको जिल्ला अस्पतालका डा सोहन शाहले बताए । जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचितभएका थिए ।

धेरै पढिएको