१४ भाद्र २०८३, आईतवार
Follow Us

तीनतले घरको बरण्डाबाट लडेर १ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२१ मंसिर २०७९, बुधबार ०७:२७

जनकपुरधाम । सर्लाहीमा तीनतले घरको बरण्डाबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ वीरेन्द्र बजारका ५० वर्षीय भरतलाल लामा छन् ।

उनी लालबन्दी नगरपालिका १ स्थित संजय कुशवाहाको घरमा डेरा गरी बस्दै आएका थिए । मंगलबार राति साढे ८ बजेको समयमा बरण्डामा बस्ने क्रममा अचानक तल खसेर गम्भीर घाइते भएका थिए ।

हरिवनस्थित नमूना अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने पहल भइरहेको छ ।

धेरै पढिएको