२५ भाद्र २०८२, बुधबार
Follow Us

प्रधानमन्त्री दाहाललाई क-कसको समर्थन ?

नेपालब्रिटेन संवाददाता
२६ पुष २०७९, मंगलवार ०४:५४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मंगलबार विश्वासको मत लिंदैछन् । कांग्रेससहितको गठबन्धनबाट निर्वाचित प्रचण्ड एमालेसँगको गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्ने छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विश्वासको मत लिंदै गर्दा समर्थन गरेको दल नागरिक उन्मुक्ति पार्टी र तत्कालीन नेकपा कालका सहयात्री नेकपा एकीकृत समाजवादी पार्टी विपक्षी बेञ्चमा छन् । यी दुई दलले विश्वासको मत दिने नदिने निश्चित भइसकेको छैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने विपक्षमा मत दिने निश्चित छ ।

यस्तोमा प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका साथै स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंहको समर्थन रहनेछ । यो संख्या १६५ हुन आउँछ । यदि उन्मुक्ति पार्टीले पक्षमा मत हाल्ने निर्णय गरे १६९ सांसदको समर्थन हुनेछ । एकीकृत समाजवादी पनि समर्थन गर्ने  निर्णय गरेकाे छ । १३८ मत मात्र भए पनि प्रचण्ड सरकार बहुमतमा हुन्छ ।

सत्तारुढ दलका सांसद
एमाले– ७९
माओवादी केन्द्र– ३२
रास्वपा– २०
राप्रपा– १४
जसपा– १२

नेकपा एस-१०
जनमत– ६
स्वतन्त्र –२
यी प्रचण्ड सरकारलाई समर्थन गर्ने ७ दल र २ स्वतन्त्र सांसदको कुल संख्या १७५ हुन आउँछ ।

धेरै पढिएको