१३ भाद्र २०८३, शनिबार
Follow Us

मधेश प्रदेशमा जसपाका यादव मुख्यमन्त्री नियुक्त

नेपालब्रिटेन संवाददाता
२७ पुष २०७९, बुधबार ०८:५८

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपालको संविधानको धारा १६८ (२) बमोजिम यादवलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन् । सत्ता गठबन्धन दल र दुई स्वतन्त्र सांसद गरी ६३ जनाको समर्थनमा यादवले आज नै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । नेता यादवलाई नेकपा एमाले (२३), जसपा (१६), जनमत पार्टी (१३), माओवादी केन्द्र (आठ), राप्रपा र नागरिक उन्मुक्ति पार्टी (एक-एक)सहित दुई जना स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

समर्थन गर्ने स्वतन्त्र सांसदहरुमा सुरिताकुमारी साह र अनिरुद्रकुमार सिंह रहेका छन् । मधेश प्रदेशसभामा छ जना स्वतन्त्र छन् । सरकार गठनको दाबी पेस गर्न बिहीबार दिउँसो ४ बजेसम्मको समयसीमा भए पनि प्रदेश प्रमुख मिश्रले यादवलाई आजै मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

धेरै पढिएको