२५ भाद्र २०८२, बुधबार
Follow Us

चुनावपछि रवि लामिछाने पहिलो पटक चितवन जाँदै

नेपालब्रिटेन संवाददाता
२८ पुष २०७९, बिहीबार ०५:५३

काठमाडौँ । गृहमन्त्री रवि लामिछाने आज चितवन महोत्सवमा जाने भएका छन् । गृहमन्त्री भएपछि पहिलो पटक चितवन जान लागेका लामिछानेले आज चितवन महोत्सव परिसरभित्र रहेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

गृहमन्त्री लामिछाने आज दिउँसो ३:१५ बजे एक्स्पोको अवलोकन गर्ने भएका छन् । गृहमन्त्री लामिछानेले यसअघि नै आफूले स्वदेशमा उत्पादन भएका कपडा मात्रै लगाउने प्रतिबद्धता जनाएका थिए ।

धेरै पढिएको