१३ भाद्र २०८३, शनिबार
Follow Us

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

नेपालब्रिटेन संवाददाता
५ माघ २०७९, बिहीबार १२:४९

काठमाडौं । सेयर बजारमा बिहीबार सामान्य वृद्धि भएको छ । नेप्से परिसूचकमा ५.७१ अंकले वृद्धि भई २१७८.८१ विन्दुमा रोकिएको छ । साथैै, बुधबार २४६ कम्पनीको कारोबार भएको नेप्सेले जनाएकाे छ । आज ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच हुँदा तीन अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै,आज एनआइसिएसिया बैंककोे सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको १८ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । दोश्रोमा रिडी पावर कम्पनीको १२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

आदर्श लघुवित्त बित्तीय संस्था र मैलुङ खोला जलविद्युत कम्पनी करिब १० प्रतिशतले मूल्यवृद्धि भएको छ ।  कुल ८५ कम्पनीकाे मूल्य उकलो लागेको छ भने १०८ कम्पनीमा ओरालो लागेको छ, १४ कम्पनी भने स्थिर रहेको छ ।

आज १३ उपसुचकमध्ये ७ कम्पनीमा ओरालो लागेको छ ।  बाँकी ६ कम्पनीमा भने सामान्य वृद्धि भएको छ ।

धेरै पढिएको