१३ भाद्र २०८३, शनिबार
Follow Us

दुई जना तामाङ केही समयभित्रै मन्त्री हुँदैछन् : प्रचण्ड

नेपालब्रिटेन संवाददाता
८ माघ २०७९, आईतवार १३:००

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयमै दुई जना तामाङ मन्त्री बन्ने वचन दिएका छन्। तामाङ समुदायको महान् पर्व ल्होछारको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित शुभकामना सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त वचन दिएका हुन्।

उनले भने,‘केही समयभित्रै तामाङको छोरा पनि मन्त्री बनाउँछु मैले तामाङको छोरी पनि बनाउँछु मैले। एक तामाङको छोरो र एक तामाङको छोरी मन्त्री छिट्टै हुँदैछ। धेरै तनाव लिएर घरमा नजानुस्।’

प्रचण्ड सरकारमा तामाङ समुदायबाट कोही पनि मन्त्री नबनेको भन्दै वक्ताहरूले प्रश्न उठाएपछि प्रधानमन्त्रीले उक्त वचन दिएका हुन्। मन्त्रिपरिषद् कहिले विस्तार हुने र कसलाई मन्त्री बनाउने भन्ने विषयमा भने प्रचण्डले खुलाएनन्।

धेरै पढिएको