१३ भाद्र २०८३, शनिबार
Follow Us

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि

नेपालब्रिटेन संवाददाता
१३ माघ २०७९, शुक्रबार ०४:१९

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टी एकता र सङ्गठन बिस्तारका बारेमा छलफल हुने नेता लीलामणि पोखरेलले जानकारी दिनुभयो ।

हिजो सुरु बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा लिखित प्रतिवेदन पेस गर्नुभएको थियो ।

बैठकमा अध्यक्ष दाहालले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा (एमाले) सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । बैठकले छलफलका लागि विभिन्न ८ एजेण्डा तय गरेको छ ।

धेरै पढिएको