१२ भाद्र २०८३, शुक्रबार
Follow Us

रवि लामिछानेलाई अन्याय भएकाे भन्दै जुम्लामा आत्मदाहकाे प्रयास

नेपालब्रिटेन संवाददाता
१९ माघ २०७९, बिहीबार १०:३९

जुम्ला । जुम्ला खलंगामा रवि लामिछानेले न्याय पाउनुपर्ने भन्दै एक जनाले आत्मदाहकाे प्रयास गरेका छन्।जिल्ला प्रशासन कार्यालय जुम्लाकाे भवनअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै एक जनाले आत्महत्याकाे प्रयास गरेका हुन। काेहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ड्राइभर गाेकर्ण कार्कीले शरीरमा पेट्राेल खन्याएर आत्महत्या गर्ने प्रयास गरेका हुन।

४० वर्षीयका कार्कीले पेट्राेल खन्याएर आत्महत्याको प्रयास जुम्ला प्रहरीले जनाएकाे छ। काेलपुर नगरपालिका १० घर बताउने कार्की १५ वर्षदेखि अस्पतालमा काम गर्दै आएका छन।

धेरै पढिएको