२५ भाद्र २०८२, बुधबार
Follow Us

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

नेपालब्रिटेन संवाददाता
२३ माघ २०७९, सोमबार १३:३३

काठमाडौं । नेकपा एमालेले माघ २९ र फागुन १ गते बस्नेगरी बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ ।  नेकपा एमालेको यहीँ माघ २९ र फागुन १ गते हुने केन्द्रीय कमिटीको पूर्ण बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख  विष्णु रिजालले जानकारी दिए ।

तयारी नपुगेकाले बैठक स्थगित गरिएको उनको भनाइ छ । बैठकमा निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनीक सुदृढीकरणबारे  छलफल हुने रिजालको भनाइ छ ।

धेरै पढिएको