१४ भाद्र २०८३, आईतवार
Follow Us

आर्सनल पुनः शीर्ष स्थानमा

नेपालब्रिटेन संवाददाता
७ फाल्गुन २०७९, आईतवार ०७:०९

लन्डन । इन्जुरी समयमा लगातार दुई गोल गरेपछि आर्सनल ४–२ ले विजयी भएकाे छ । एस्टन भिल्लासँगको सम्भावित बराबरी टार्दै इन्जुरी समयमा दुई गोल गर्दै महत्वपूर्ण जित हासिल गरेको छ।

सुरुवातबाटै रोमान्चक बनेको खेलमा पाँचौं मिनेटमा ओली वाट्किन्सको गोलमार्फत घरेलु टोली एस्टन भिल्लाले अग्रता दिलाएका थिए तर खेलको १६ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए।

३१ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै एस्टनलाई २–१ को अग्रता दिलाए। पहिलो हाफको अग्रताका बावजुत दोस्रो हाफमा पुन आर्सनल खेलमा फर्कियो। ६१ औं मिनेटमा ओलेक्सान्डर जिनचेन्कोले गोल गर्दै आर्सनललाई २–२ गोलको बराबरीमा ल्याए।

यता, इन्जुरी समय आर्सनल लगातार दुई गोल गर्न सफल भयो। जोर्गिन्होको सट पोलमा लागेर बाहिरिएको बलमा लडेका गोलरक्षक इमिलियानो मार्टिनेजसँग डिफ्लेक्टेड भएर गोल भएपछि आर्सनलले खेलमा ३–२ को अग्रता बनायो। चौंथो गोल इन्जुरी समयको आठौं मिनेटमा गाब्रियल मार्टिनेलीले खाली पोस्टमा गोल गरेका थिए। केहि सेकेन्ड बाँकी रहँदा सबै खेलाडी अगाडि बढेको मौकामा काउन्टर अट्याकमा खाली पोस्टमा गाब्रियलले गोल गरेर आसनललाइ ४–२ को अग्रता दिलाए ।

जितसँगै आर्सनल सिटीको खेल अघि सम्म पुन शीर्ष स्थानमा फर्किएको छ। आर्सनलले २३ खेलमा ५४ अङ्क जोडेको छ। एस्टन भिल्ला भने २३ खेलमा २८ अङ्क जोडेर ११ औं स्थानमा रहेको छ।

धेरै पढिएको