२४ भाद्र २०८२, मंगलवार
Follow Us

एमाले उम्मेदवारलाई मतदान गर्ने नेपाललाई ओलीको औपचारिक प्रस्ताव

नेपालब्रिटेन संवाददाता
१३ फाल्गुन २०७९, शनिबार १२:३७

काठमाडौँ । राष्ट्रपति निर्वाचनलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको छ। एमालेले नेता सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिए लगत्तै एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई औपचारिक पत्र पठाएको हो।

राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै एमालेले १० पुसको सहमतिलाई पनि आधार बनाएको छ। पुस १० गतेको सहमतिमा एकीकृत समाजवादी सहभागी थिएन । केही समय अघिसम्म एकीकृत समाजवादीलाई पार्टीको हैसियतमा मान्न तयार नभएका एमालेले अध्यक्ष नेपाललाई औपचारिक पत्र पठाएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भन्दै सम्बोधन गरी पत्र पठाएका हुन्।

धेरै पढिएको