२४ भाद्र २०८२, मंगलवार
Follow Us

लुम्बिनी प्रदेश : नयाँ सरकार गठनको पहल

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७९, आईतवार १०:४४

दाङ- लुम्बिनी प्रदेशमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्दै एमाले र राप्रपा बाहेका ८ राजनीतिक दलले प्रदेश प्रमुखसमक्ष दावी पेश गरेका छन् ।

केन्द्रीय राजनीतिमा आएको परिवर्तनसँगै लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनमा दलहरु सक्रिय भएका हुन । एमाले नेतृत्व सरकारमा रहेका माओवादी, जनमत र जनता समाजवादी पार्टी बाहिरिएसँगै सरकारलाई समर्थन दिएका दलहरुले समेत समर्थन फिर्ता लिएको जानकारी गराएका छन् ।

५३ जना सांसदको हस्ताक्षरसहित ८ राजनीतिक दल र एक स्वतन्त्र प्रदेश सभा सदस्यको तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनलाई नयाँ मुख्यमन्त्री नियुक्तीको लागि आइतबार प्रस्ताव पेश गरिएको हो ।

प्रस्ताव लिँदै प्रदेश प्रमुख शेरचनले प्रक्रियागत रुपमा अघि बढ्ने जानकारी दिनुभयो ।

कांग्रेस संसदीय दलका नेता चौधरीलाई नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एक जना स्वतन्त्र सांसदले मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका छन ।

धेरै पढिएको