२३ भाद्र २०८२, सोमबार
Follow Us

‘जनयुद्ध दिवस’विरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चको आदेश

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०७९, बिहीबार १५:१५

काठमाडौँ । सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’का दिन सार्वजनिक बिदा दिने निर्णयविरुद्ध परेको रिट निवेदनलाई दर्ता गर्न आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले रिट निवेदन दर्ता नगर्ने भनी अदालत प्रशासनले गरेको आदेशलाई बदर गरेको हो ।

अधिवक्ता ज्ञानेन्द्र आरण लगायतले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णयले हिंसालाई प्रोत्साहन गरेको भन्दै त्यसलाई बदर गर्न माग गरी सर्वोच्च अदालतमा निवेदन पेस गरेका थिए ।

धेरै पढिएको