२४ भाद्र २०८२, मंगलवार
Follow Us

विद्यालयलाई पोसाक र किताब नबेच्न महानगरको चेतावनी

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०७९, आईतवार ०४:५२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् ।

विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको मेयर शाह बताउछन् ।

मेयर शाहले आइतबार बिहान फेसबुकमा लेख्दै भनेका छन्, ‘विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक-पटक आइरहेको छु, ‘यस्तो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ।’

उनले सबै विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्नसमेत अनुरोध गरेका छन्। महानगरले किताब बेच्ने विद्यालयलाई कारबाही गर्नेसमेत चेतावनी दिएको छ।

धेरै पढिएको