२३ भाद्र २०८२, सोमबार
Follow Us

प्रधानमन्त्री प्रचण्ड र एमाले सचिव भट्टबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०७९, आईतवार ०८:४०

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव एवं पूर्वमाओवादी नेता लेखराज भट्टलाई धनगढीस्थित उहाँकै निवासमा भेट्नु भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डले कैलालीस्थित गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियामा रहेको भट्टै निवास पुग्नु भएको हो। भट्टसँग समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसंगको कुराकानीमा आफु माओवादीमै फर्कने विषयमा कुनै छलफल नभएको र अहिले सम्भावना पनि नभएको भट्टले बताउनुभयो।

भट्ट एमाले सुदूरपश्चिम इन्चार्जसमेत हुनुहुन्छ । नेकपा विभाजनको बेला भट्ट एमालेमै बस्नु भएको थियो । उहाँ माओवादीमा स्थायी कमिटी सदस्य र सुदूरपश्चिम इन्चार्ज हुनुहुन्थ्यो। विगतमा पनि प्रधानमन्त्री प्रचण्ड धनगढी जाँदा भट्टको निवास जाने गरेपनि नेकपा विभाजनपछि भने उहाँहरुको सम्बन्ध चिसिएको थियो ।

धेरै पढिएको