२३ भाद्र २०८२, सोमबार
Follow Us

रास्वपाका प्रमुख सचेतक परियारले मागे संसदमा माफी

नेपालब्रिटेन संवाददाता
२७ चैत्र २०७९, सोमबार ११:०९

काठमाडौं । रास्वपाका सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड मागेको अडियो रेकर्डबारे प्रमुख सचेतक सन्तोष परियारले संसदमा माफी मागेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा रास्वपाका प्रमुख सचेतक परियारले माफी मागेका हुन् । उनले भने, ‘हाम्रो प्रतिनिधि सभा सदस्यमार्फत घटेको घटनाका कारण तपाइहरूको सम्मानमा पुगेको चोटप्रति हामी क्षमा प्रार्थी छौँ ।’

परियारले उक्त घटनाले रास्वपा कत्ति पनि विचलित नभएको बताए । अडियो प्रकरणमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको र छानबिन गर्न अनुशासन विभागलाई निर्देशन दिइएको पनि परियारले संसद्लाई बताए ।

धेरै पढिएको