२३ भाद्र २०८२, सोमबार
Follow Us

धनगढीमा एकजनाको पेटमा भेटियो भोड्काको बोतल

नेपालब्रिटेन संवाददाता
३० चैत्र २०७९, बिहीबार १०:०४

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न आएका एक वृद्धको पेटमा सिङ्गो भोड्काको बोतल (क्वाटर)  भेटिएको छ ।  सेती प्रादेशिक अस्पताल सञ्चालनक समितिका अध्यक्ष  निर्मल शाहका अनुसार  अस्पतालमा  उपचारका लागि आएका धनगढी स्थित फुलवारी एच गाउँका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो । उनी धनगढीको फुलबारीको एच गाउँ निवासी हुन । पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेको छैन ।

धेरै पढिएको