२३ भाद्र २०८२, सोमबार
Follow Us

जनप्रतिनिधि र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने धरान मेयरको उद्घोष

नेपालब्रिटेन संवाददाता
८ बैशाख २०८०, शुक्रबार ०५:५२

काठमाडौँ । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई(हर्क साम्पाङ)ले जनप्रतिनिधि र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने उद्घोष गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा शुक्रवार उनले सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने बताएका हुन् ।

अब सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्नेछु उनले भनेका छन् स्रोत बिनाको सम्पत्ति जोड्नेहरूको खैरात छैन १

एकपछि अर्को हुँदै हरेक जसो दिन कुनै न कुनै विषयमा चर्चामा आउने गरेका साम्पाङले बिहीवार(हिजै) मात्र पटक–पटक कार्यपालिका बैठक बहिष्कार भएको भन्दै दोस्रो पटक वडाध्यक्षहरूको राजीनामा मागेका थिए भने त्यसको केही बेरमा कर्मचारीहरूलाई राजनीति नगर्न चेतावनी दिएका थिए ।

स्पष्ट र जनताको काममा तल्लीन देखिएका साम्पाङले केही दिन अघि मात्रै नेपाल सरकारका एक जना सचिवलाई समेत फोन नउठाउनुको कारणबारे सामाजिक सञ्जालमै जवाफ मागेका थिए ।

धेरै पढिएको