२३ भाद्र २०८२, सोमबार
Follow Us

महारेजको हयाट्रिकमा म्यानचेस्टर एफए कपको फाइनलमा

नेपालब्रिटेन संवाददाता
१० बैशाख २०८०, आईतवार ०५:२९

लन्डन । रियाद महारेजको ह्याट्रिकसँगै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । बेम्बली स्टेडियम लन्डनमा शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हाे ।

सिटीले पेनाल्टीवाट खेलमा अग्रता लिन सुरु गरेको थियो । खेलको ४३औं मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । बर्नाडो सिल्भालाई स्लाइड फउल गरेपछि रेफ्रीले सिटीलाई पेनाल्टी दिएका हुन । र, अन्तत पहिलो हाफ १–० को स्थीतिमा रहयो ।

उनै महारेजले ६१औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे भने त्यसको पाँच मिनेटमा नै अर्थात ६६औं मिनेटमा ज्याक ग्रेलिसको पासमा महारेजले अर्को गोल गरे ।  एउटै खेलमा लगातार तीन गोल गरेर महारेजले ह्याट्रिक मात्रै गरेनन, क्लबलाई ३–० ले बिजयी पनि गराउँदै फाइनलमा लगिदिए ।

धेरै पढिएको