२३ भाद्र २०८२, सोमबार
Follow Us

चितवन–२ मा रविको फराकिलो अन्तर

नेपालब्रिटेन संवाददाता
१२ बैशाख २०८०, मंगलवार ०३:२४

चितवन । चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदार रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् । ५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७ हजार ४ सय ५९ प्राप्त गरी लामिछानेलाई पछ्याइरहेका छन् ।

त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २ सय ६७ मत प्राप्त गरेका छन् । मतगणना जारी छ । भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हालसम्म आठ सय ७० मत बदर भएको छ । कार्यालयका अनुसार कालिका नगरपालिकाको मतगणना सुरु भएको छ ।

धेरै पढिएको