२ बैशाख २०८३, बुधबार
Follow Us

एनआरएनए नागरिकता हेर्ने समितिमा प्रभावशाली सांसदको बाहुल्यता

नेपालब्रिटेन डट कम्
१५ बैशाख २०८०, शुक्रबार १८:४२

काठमाण्डौं । प्रतिनिधिसभाका तीन प्रभावशाली सांसद एउटै संसदीय समितिमा परेका छन् ।
प्रतिनिधिसभाले विषयगत समितिअन्तर्गत गठन गरेको राज्य व्यवस्था तथा सुशासन समितिमा एक से एक प्रभावशाली सांसदहरू परेका छन् । सो समितिले संसदमा विचाराधिन रहेको नागरिकता विधेयक माथि छलफल गर्ने छ । गगनकुमार थापा, विश्वप्रकाश शर्मा, राजेन्द्र लिङ्देन, रवि लामिछानेलगायतका प्रभावशाली सांसद एउटै समितिमा परेका हुन् ।

थापा प्रतिनिधिसभामा चौथापटक सदस्य (०६४ र ७ मा संविधानसभा तथा व्यवस्थापिका सांसद) छन् । लिङ्देन दोस्रोपटक तथा शर्मा र लाछिाने पहिलोपटक सदस्य बनेका हुन् ।

थापा र शर्मा सबैभन्दा ठूलो दल कांग्रेसका महामन्त्री हुन् । लामिछाने चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र लिङदेन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष हुन् ।

संसद सचिवालयकाअनुसार राज्य व्यवस्था तथा सुशासन समितिका अन्य सांसदहरूमा अजयकुमार चौरसिया, अम्बिका बस्नेत, ईश्वरी देवी न्यौपाने, कृष्ण गोपाल श्रेष्ठ, चन्दा कार्की (भण्डारी), चित्रबहादुर केसी, दीलेन्द्रप्रसाद बडू, दुर्गा राई, पृथ्वी सुब्बा गुरुङ, प्रकाश अधिकारी, बलराम अधिकारी, बासु देव घिमिरे छन् ।

यस्तै, बुद्धिमान तामाङ्ग, मेनका कुमारी पोख्रेल, रघूजी पन्त, राजेन्द्रकुमार राई, राजेन्द्रप्रसाद पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला, सरिता प्रसाई, हितराज पाण्डे र हृदयराम थानी सदस्य मनोनित भएका छन् ।

धेरै पढिएको